२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय लोकतान्त्रिक मोर्चासँगको सहकार्यबारे पुनर्विचार गर्ने जनमतको तयारी  

अ+ अ-

काठमाडौँ । डा. सीके राउत नेतृत्वमा रहेको जनमत पार्टीले संघीय लोकतान्त्रिक मोर्चामा रहने/नरहनेमा पुनर्विचार गर्ने भएको छ । 

मधेश केन्द्रित सात दलको संयुक्त मोर्चामा सहकार्य निरन्तरता दिनेबारे पुनर्विचार गर्ने भएको हो ।

जनमतले मूलतः तीन विषय उठाएर मोर्चामा सहकार्यमा पुनर्विचार गर्ने भएको छ ।

जनमतले संघीय लोकतान्त्रिक मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको सहभागी हुन नसकेकोप्रति प्रश्न उठाएको छ । सात सांसद रहेको जसपा मधेशी दलहरूमा सबैभन्दा ठूलो दल हो । अशोक राई नेतृत्वको जसपालाई मोर्चामा सहभागी नगराइएको प्रति चासो रहेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए ।

जनमतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालप्रति संशय व्यक्त गरेको छ । सत्ता गठबन्धनबाट जनमतलाई बाहिर राख्ने र त्यो ठाउँ आफूले लिने गरी जसपा नेपालले चलखेल गरेको जनमतको आशंका छ । यद्यपि, जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ ।

जनमतका नेताहरूका अनुसार मोर्चामा सहकार्यमा समस्या देखिएको तेस्रो विषय रुपन्देही–३ को उपनिर्वाचन छ । मधेश केन्द्रित छ दल रुपन्देही–३ मा नागरिक उन्मुक्तिबाट साझा उम्मेदवार बनाउन तयार छन् । जनमतले आफ्नै उम्मेदवार हुने भन्दै तयारी गरेको छ ।

मोर्चामा रहेका दलहरूले आलोपालो बैठक बोलाउँदै आएका छन् । सोमबार जसपा नेपालले बैठक डाकेको छ । जनमतका नेताहरूका अनुसार भोलिको बैठक सहभागी नहुने सम्भावना बढी छ ।

मोर्चामा जनमत, जसपा नेपाल, नाउपा, राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराइ मधेस लोकतान्त्रिक पार्टी छन् ।

गत चैतमा सात दल मिलेर संघीय लोकतान्त्रिक मोर्चाको गठन गरिएको थियो ।