२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामेछापका मूल सडकमा गाडी गुडाउनै कठिन

अ+ अ-

 रामेछाप । निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगर्दा मुख्य सडक हिलाम्मे छन् । ग्रामीण कच्ची सडकको ठाउँ ठाउँमा भासिने र पहिरो गई गाडी गुडाउनै नसकिने बनेका हुन् । 

जिल्ला पूर्वाधार कार्यालयमार्फत निर्माण भइरहेका मन्थली- पकरबास-गोगनपानी-गाल्वा सडक, सित्खा-गोगनपानी-धुलेबेसी-भोटनागी सडक र खिम्ती-रस्नालु–ठोसे सडकलगायतका जिल्लाका महत्वका सडक तथा पक्की पुल निर्माणमा ढिलासुस्ती भएको छ ।  

सित्खा-गोगनपानी-धुलेबेसी-भोटनागी सडक गत असोजमा कालोपत्र गर्नुपर्नेमा हालसम्म सम्पन्न भएको छैन । निर्माण व्यवसायीले समयमा काम नगरेपछि स्थानीयले जिल्ला पूर्वाधार विकासको कार्यालयमा ताला लगाएका थिए । निर्माण व्यवसायी र कार्यालयले तोकिएको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता पुरा नभएको मन्थली नगरपालिका-१ का स्थानीय पाण्डव सुवेदीले बताए । 

त्यसैगरी मन्थली-पकरबास-गोगनपानी-गाल्वा सडक अन्तर्गत पकरबास-गाल्पा सडक कालोपत्र गर्ने अन्तिम म्याद गत वर्षको असार मसान्तसम्म थियो । म्याद सकिएको एक वर्ष बित्दा पनि कालोपत्र नभएपछि ठाउँ ठाउँमा हिलो भएको छ । 

पकरवास-गोगनपानी-गाल्वा सडक दश किलोमिटर कालोपत्र गर्ने जिम्मा अर्याल ब्रदर्श र दिवा भुवनेश्वरी जेभीले रु ४३ करोडमा लिएको थियो । ७.५ किलोमिटरको गोगनपानी-धुलेबेसी-भोटनागी सडक निर्माणको जिम्मा रु. १७ करोडमा गरिमा रौताहा सगुन र पाँच पोखरी कन्सट्रक्सनले लिएको थियो । १८ महिनामा पुरा गर्ने गरी ठेक्का लागेको काम चार वर्षमा सम्पन्न नहुँदा पनि जिल्ला प्राविधिक कार्यालयले कुनै चासो नदेखाएको खाँडादेवी गाउँपालिका-४ का अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । 

सोही कार्यालयमार्फत निर्माण भइरहेको खिम्ति-रस्नालु-ठोसे सडक पनि लथालिंग छ । सो सडकमा जिल्लाको उत्तरी क्षेत्र जाने सवारी साधन घण्टौँसम्म हिलोमा फस्ने गरेका छन् । निर्धारित सयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र त्यसको अनुगमन गर्ने पूर्वाधार विकास कार्यालय प्रमुखलाई गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले कारबाहीको माग गरेका छान् ।   

कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुनले भने निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई आफूले सचेत गराएको र पटक-पटक गराउँदा पनि नमानेमा ठेक्का सम्झौता तोडिने बताए ।