२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा घर बीमा कार्यक्रम सुरु

अ+ अ-

काठमाडौँ । प्राकृतिक विपद्‌को उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा स्थायी बसोबास गर्ने नागरिकको निजी आवासीय घरमा हुने क्षति र नोक्सानीबाट आर्थिक सुरक्षाको प्रत्याभूति गर्न कर्णाली प्रदेश सरकारले ‘घर बीमा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ।

आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याइएको यो कार्यक्रम गत फागुन १३ गते मन्त्रिपरिषबाट पारित कार्यविधिअनुसार कार्यान्वयनमा आएको हो।

कार्यक्रमको उद्देश्य विपद्‌को जोखिम न्यूनीकरण गर्दै जनधनको सुरक्षा गर्नु हो । यसअघि मानवीय क्षतिलाई लक्षित सामूहिक दुर्घटना बीमा कार्यक्रम कार्यान्वयनमा रहे पनि घर सम्पत्तिमा केन्द्रित बीमा कार्यक्रम पहिलो पटक लागू गरिएको हो।

कार्यविधिअनुसार, मिति २०८१ चैत २२ गते १५ दिने सूचना जारी गरिएपछि १० जिल्लाका २३ स्थानीय तहले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सहभागिताको पत्राचार गरेका थिए। तोकिएको समयभित्र प्राप्त प्रतिबद्धता अनुसार ती स्थानीय तहलाई घर बीमा कार्यक्रममा समावेश गरिएको हो।

नेपाल बीमा प्राधिकरणमार्फत २३ वटा वीमक कम्पनी खटाई बीमित घरहरूको मूल्यांकन गरियो र मूल्यांकनपछि १५ स्थानीय तहका २१३ वडाका १६ हजार ७२ घरधुरीको बीमा पोलिसी जारी भएको छ । बीमा कार्यविधिको दफा ५ ९२० बमोजिम प्रतिघर अधिकतम २० लाख रुपैयाँसम्मको प्रिमियम प्रदेश सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ।

मूल्यांकन अनुसार प्रतिघर न्यूनतम १ सय देखि अधिकतम १ हजार १२५ रुपैयाँसम्मको प्रिमियम भुक्तानी गरिएको छ।

घर बीमाले भूकम्प, आगलागी, बाढी, डुबान, चट्याङ, भूक्षय, पहिरो, हावाहुरी, आतंकजन्य गतिविधि लगायतका विभिन्न १२ प्रकारका जोखिम समेट्नेछ।

०८१र८२ मा कार्यक्रमका लागि ४ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा हालसम्म ९८ लाख २४ हजार ८९३ रुपैयाँ खर्च भइसकेको छ। चालु आर्थिक वर्ष ०८२/८३ मा घर बीमा कार्यक्रमलाई निरन्तरता दिँदै ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।

यस वर्ष अघिल्लो वर्ष समावेश नभएका स्थानीय तहलाई पनि समावेश गरिने कार्यक्रमको जानकारी दिँदै आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव उत्तम गौतमले आगामी वर्षमा अझ धेरै नागरिकलाई लाभ पुर्‍याउने गरी कार्यक्रम विस्तार गरिने जानकारी दिए।

घर बीमा भएका प्रमुख स्थानीय तहहरूमा सल्यानको शारदा नगरपालिका ४ हजार ७०७ घरधुरी, सुर्खेतको गुर्भाकोट ९१६, बराहताल २ हजार ४६९, कालिकोटको तिलागुफा ६५५, जाजरकोटका बारेकोट ७३३ लगायतका पालिकाहरू रहेका छन्।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विपद्बाट नागरिकको रुनुपर्ने दिन अब अन्त्य भएको बताए।

उनले भने, ‘आर्थिक रूपमा कर्णाली कमजोर भए पनि नागरिकको सुरक्षाका लागि घर बीमा कार्यक्रम ऐतिहासिक भएको बताएका छन् ।

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख नीलप्रसाद लामिछानेले घर बीमा कार्यक्रमले कर्णालीमा नागरिकको पीडामा राहत ल्याउने विश्वास व्यक्त गर्दै यसको निरन्तरता प्रदेश सरकारले सुनिश्चित गर्ने जानकारी दिएका थिए ।