२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमि विधेयकमाथि संशोधनकर्तासँग छलफल

अ+ अ-

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सोमबार पनि भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल भएको छ। 

सिंहदरवारमा बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधनको औचित्यका बारेमा जानकारी गराएका थिए। 

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले धेरै वर्षदेखि सार्वजनिक जग्गामा बस्दै आएका व्यक्तिलाई सहज रूपमा पुर्जा दिने व्यवस्था गर्नका लागि सरकारले विधेयक ल्याएको बताए। 

बस्ती विकास भएका स्थानमा रहेका जनतालाई मात्रै पुर्जा दिने भन्दै त्यसबाहेक अन्यलाई पुर्जा दिन नसकिने उनले बताए। उनले जग्गा हदबन्दीभन्दा बढीको जग्गाबाट लाभ लिन नपाउने व्यवस्था समेत विधेयकमा स्पष्ट राखिएको बताए।

बैठकमा संशोधनकर्ता सांसद विश्वप्रकाश शर्माले प्रचलित कानुन बमोजिम हदबन्दी छुट दिँदा तोकिएको बमोजिम नै प्रयोग गर्नुपर्ने बताए। 

त्यसबाहेकको प्रयोजनका लागि हदबन्दी छुट नदिन उनले सुझाव दिए। त्यस्तै सांसद माधव सापकोटाले विधेयकमा प्रतिपक्षीले राखेको संशोधनका बारेमा गम्भीर हुन सुझाव दिए। उनले प्रतिपक्षीले विरोधका लागि मात्रै नभई विधेयकलाई समृद्ध बनाउन संशोधन राखेको धारणा राखे।

बैठकमा केही सांसदहरूले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन माग गरेका थिए। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ९९ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्।