२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा संसदीय दलको बैठक रुपन्देहीमा बस्ने, रविलाई पनि भेट्ने योजना

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक रुपन्देहीमा बस्ने भएको छ । पार्टीका सबै सांसदहरू रुपन्देही गएका छन् ।

पार्टी सभापति रवि लामिछाने थुनिएकै जिल्लामा पार्टीको बैठक बस्न लागेको हो । रुपन्देही ३ मा आउँदो कात्तिक २७ गते उपनिर्वाचन हुँदै छ । सोही उपनिर्वाचनको लागि माहोल बनाउने र सभापति लामिछानेसँग प्रत्यक्ष भेटघाट पनि गर्ने उद्देश्यले रुपन्देहीमा बैठक आयोजना गरिएको पार्टी स्रोतले बताएका छ।

रास्वपाले रुपन्देही ३ मा उम्मेदवार चयन प्रक्रिया सुरु गरिसकेको छ । पार्टीको विधान अनुसार उम्मेदवारीका लागि गत ५ साउनमा दरखास्त आह्वान गरिएको थियो । दरखास्त हाल्ने म्याद २१ साउनसम्म रहेको छ । सकेसम्म सम्बन्धित निर्वाचन क्षेत्रकै उम्मेदवार खडा गर्ने रास्वपाको रणनीति रहेको छ ।

रुपन्देहीमा रास्वपा सांसदहरूले दुई-तीन दिन बिताउने छन् । रुपन्देही ३ का मतदाताहरुसँग भेटेर चुनावी अभियानको अनौपचारिक थालनीसमेत गरिनेछ ।

यस्तै, भैरहवाको कारागारमा रहेका सभापति रवि लामिछानेलाई सांसदहरूले भेट्नेछन् ।