काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त मुख्य रजिस्ट्रार विमल पौडेलले पदबहाली गरेका छन्। न्याय सेवा आयोगको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई मुख्य रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेसँगै उनले मंगलबार पदभार सम्हालेका हुन्।
पदबहालीको अवसरमा सर्वोच्च अदालतका अधिकारीहरूले उनलाई स्वागत गरेका छन्।
त्यस्तै, सर्वोच्च अदालतको रजिस्ट्रार पदमा सह–रजिस्ट्रार मानबहादुर कार्कीलाई बढुवा गरिएको छ। कार्कीले पनि आजैदेखि पदभार ग्रहण गरेका छन्। दुवै पदाधिकारीको स्वागतमा सर्वोच्च अदालतमा विशेष समारोहको आयोजना गरिएको थियो।







