२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री राणाको दाबी-‘राजनीतिमा आउन हिम्मत चाहिन्छ, म पनि हिम्मत गरेर आएकी हुँ’

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले राजनीतिमा आउन हिम्मत चाहिने र त्यही हिम्मतका साथ आफू राजनीतिमा लागेको बताएकी छन् ।

बुधवार पोखराको लेकसाइडमा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा अध्यक्ष रहेको अंशुब्रम्हा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट शुभारम्भमा बोल्दै मन्त्री राणाले आफू पनि राजनीतिमा ढिलो लागेको उल्लेख गर्दै सुरुमा व्यापार गरी सफलता कमाउने र पछि राजनीतिमा लाग्न सुझाव दिइन् । ।

वर्तमान सरकार र सत्ता गठबन्धनबारे आफ्नो धारणा राख्दै मन्त्री राणाले सरकार स्थिरता कायम गर्न सफल भएको बताउँदै काँग्रेस र एमालेको सत्ता समीकरणले देशलाई अगाडि बढाउन सफल भएको दाबी गरिन् ।

देउवा र ओलीजीको लिडरसिपले नै हामीलाई अन्तराष्ट्रिय जगतमा पत्याउने वातावरण बनेको राणाको भनाइ थियो । यो समीकरणबाट विश्वले नेपाललाई हेर्ने नजर सकारात्मक बनेको मन्त्री राणाको दाबी छ ।

नेपालमा केही भएन भन्ने नकारात्मक सोच बनेको भन्दै राणाले नेपालमा धेरै विकास र परिवर्तन भएको राणाको भनाइ छ । विदेशमा श्रम गर्नुभन्दा आफ्नै देशमा इज्जतका साथ काम गर्न उनले युवाहरूलाई आग्रह गरिन् ।

पछिल्लो समयमा जलवायु परिवर्तनका असर सबै क्षेत्रमा परिरहेको उल्लेख गर्दै मन्त्री राणाले उत्तर र दक्षिणतर्फका छिमेकमा बाढीको प्रभाव बढिरहेको समाचारहरू आएकाले हामी पनि सर्तक रहनुपर्नेमा जोड दिइन् । मन्त्री राणा बुधवार पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर बिहीबार राजधानी फर्किने छिन् ।