२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरेन्द्रनगरमा ३५० सिसी क्यामेरा जडान गर्न सहमति

अ+ अ-

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विभिन्न चोरी तथा अपराधका घटना बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाको अगुवाइमा ३५० सिसी क्यामेरा जडानको काम सुरु भएको छ । 

वीरेन्द्रनगर नगरपालिकाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा सिसी क्यामेरा जडानको प्रक्रिया सुरु गरेसँगै अपराध नियन्त्रण र शान्तिसुरक्षाका क्षेत्रमा प्रहरीलाई काम गर्न सहज हुने भएको छ । बिहीबार नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा ३५५ स्थानमा सिसी क्यामेरा जडानको प्रक्रिया थालेको हो । वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबीच त्रिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौताअनुसार पहिलो चरणमा ६ महिनाभित्र १०५ स्थानमा सिसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइने छ । दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै थप २५० स्थानमा आवश्यकताका आधारमा यसै वर्षभित्र सिसी क्यामेरा जडान गरिने नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिए । 

नगरपालिकासँग भएको समझदारीपत्रमा टेलिकमले अप्टिकल फाइबरसहितको सिसी क्यामेरा र ‘वाइफाई हटस्पट’ जडान गर्नुपर्ने छ । यस्तै, वीरेन्द्रनगर नगरपालिकालाई डिजिटल पालिकाका रूपमा विकास गर्न नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा नगरका विभिन्न क्षेत्र स्थानमा शान्तिसुरक्षा र अमनचैन कायम गर्ने उद्देश्यले विभिन्न वडा, राजमार्ग तथा पर्यटकीयस्थल समेटिने गरी चालु आर्थिक वर्ष २०८२/८३ भित्र ३५५ स्थानमा सिसी क्यामेरा जडान नगरपालिकाबाट हुनेछ । यसरी जडान भएका क्यामेरालाई चौबिसै घण्टा सञ्चालनमा ल्याउन टेलिकमले अप्टिकल फाइबरसहितको सेवा दिनुपर्नेछ । 

साथै टेलिकमले हाललाई वीरेन्द्रनगर नगरपालिकाको प्राङ्गण र वडा नं ६ र ८ स्थित घण्टाघरको प्राङ्गण वरिपरिका दुई स्थानमा वाइफाई हटस्पट बनाउन इन्टरनेट जडान गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नगरका विभिन्न क्षेत्रमा जडान हुने सिसी क्यामेरा सञ्चालन तथा व्यवस्थापन नेपाल टेलिकमले आफ्नै फाइबरमार्फत गर्ने छ भने जिल्ला प्रहरी कार्यालयले चौबिसै घण्टा निगरानी गर्नेछ । यस्तै, नगरपालिकाले सञ्चालन, व्यवस्थापन तथा आवश्यक मर्मतसम्भार गर्नेछ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रमा सिसी क्यामेरा जडानका लागि रु ११ लाख ६९ हजार बजेट व्यवस्थापन गरेको छ । 

टेलिकमसँग भएको सम्झौताअनुसार वीरेन्द्रनगरको घण्टाघर र विश्वविद्यालय आसपासको क्षेत्रलाई शान्ति क्षेत्र बनाएर अध्ययन तथा अनुसन्धान स्थल निर्माण गरी प्रविधिमा आधारित सिर्जनशील तथा प्रवर्द्धनात्मक कार्य गर्न नि:शुल्क वाइफाइ जडान गर्न लागिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुधीरराज शाहीले नगर क्षेत्रमा जडान गरिने सिसी क्यामेराबाट शान्तिसुरक्षा मजबुद बनाउन सघाउ पुग्ने बताए ।