२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पैतृक सम्पत्तिमा कर बढ्यो 

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो । 

मालपोत कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर रु. ३० लाखसम्मको थैली अंक जिरो दशमलव दुई प्रतिशत, रु. ३० लाखदेखि दुई करोडसम्मको थैली अंकमा जिरो दशमलव तीन प्रतिशत र रु दुई करोडभन्दा माथिको थैली अंकमा जिरो दशमलव पाँच प्रतिशत राजस्व तोकिएको थियो । 

चालु आर्थिक वर्षको बजेटमा राजस्व बढाएर नगरपालिका क्षेत्रमा रु. ३० लाखसम्मको थैली अंकमा एक दशमलव पाँच प्रतिशत, ३० लाखदेखि दुई करोड थैली अंकमा दुई प्रतिशत र दुई करोडदेखि माथिको थैली अंकमा दुई दशमलव पाँच प्रतिशत पुर्‍याइएको छ । 

यसैगरी, गाउँपालिकातर्फको अंशबन्डातर्फको राजस्वमा रु. ३० लाखसम्मको एक प्रतिशत, रु. ३० लाखदेखि दुई करोडसम्मको थैली अंकमा एक दशमलव पाँच प्रतिशत र रु. दुई करोडभन्दा माथिको थैली अंकमा दुई प्रतिशत कर तोकिएको निमित्त प्रमुख रोकायाले जानकारी दिए । 

शतप्रतिशतभन्दा धेरै कर बढाएकाले पैतृक सम्पत्ति आफ्नो नाममा र अंशबन्डा गर्न सेवाग्राहीले समस्या मानेका छन् । छायानाथ रारा नगरपालिका-२ चैन गाउँका नवराज चौलागाईंले आफूहरूले अंशबन्डा गर्न मालपोत कार्यालय पुगेपछि मात्र राजस्व बढेको सुनेपछि त्यसै फर्किएको बताए ।