२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागूऔषध र तस्करी नियन्त्रण गर्न कोशी प्रदेशले कार्ययोजना बनाउने

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेशभित्र तीन कामका लागि कार्ययोजना बनाउने भएको छ । 

शान्ति सुरक्षा सुदृढ गर्दै लागूऔषधको कारोबार, सडक सुशासन र सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न कार्ययोजना बनाउने भएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा आज बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, सीमा सुरक्षा र वर्तमान सुरक्षा चुनौतीहरूका विषयमा छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले बताए ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका थिए । चाडपर्वलाई लक्षित गरी कालोबजारी रोकथाम गर्न पनि उनले निर्देशन दिए ।

बैठकमा कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखहरूका साथै मोरङ, सुनसरी र झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति रहेको थियो ।