२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नि:शुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष स्थापना

अ+ अ-

काभ्रेपलाञ्चोक । नागरिकलाई नि:शुल्क रगत उपलब्ध गराउन रु. दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा आज उक्त कोष स्थापना गरिएको हो ।

मन्त्री थापाले व्यक्तिगत रु. ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गरे। “रेडक्रसले विपद् धेरै काम गरेको छ, यसरी जिल्लामा ब्लड बैंक स्थापना गर्नु निकै सराहनीय कार्य हो, यसको निरन्तरता हुनुपर्छ”, उनले भने । उनले बागमती सरकारबाट रु. २५ लाख कोषमा राखेको जानकारी गराए।

उनले सो अवसरमा प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी थप कार्य तथा रगत संकलनार्थ आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला शाखा सभापति देवेन्द्र भैलले जिल्लाबासी कोही पनि रगत अभावका कारणले मर्नु नपरोस् भन्न अभियान थालिएको जानकारी दिए । उनका अनुसार जिल्लास्थित रेडक्रसले २४ सै घण्टा ब्लड बैंक सञ्चालन गर्दे आएको र त्यसलाई थप व्यवस्थापन तथा प्रविधिमैत्री बनाउन छ । सो अवसरमा भैलले कोषमा रु. ५० हजार प्रदान गर्ने घोषणा गरे ।

अक्षयकोषका लागि जिल्लामा रहेका ३८ वटा उपशाखाले जनही रु. एक लाखका दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बनेपा उपशाखाले रु. १० लाख, कुशादेवी उपशाखा रु. पाँच लाख, पनौती उपशाखाले रु. एक लाख ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीका उपसचिव रत्नकुश रञ्जितले रु. एक लाख एक हजार, उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले रु. ५५ हजार, बनेपाका देश सुधार भैलले रु. ५० हजार, बनेपा नगरप्रमुख शान्ति रत्न शाक्यले रु. ५० हजार, पाँचखाल नगरप्रमुख महेश खरेलले रु. ५० हजारलगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।