काठमाडौँ। रौतहटको ईशनाथ नगरपालिकामा धान खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।
ईशनाथ नगरपालिकाका-८ मन्सरी टोलमा धान खेतमा पानी हाल्न प्रयोग गरेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा ५५ वर्षीय शेख जाफिरको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका जाफिरलाई उपचारका लागी प्रादेशिक अस्पताल गौरमा पुर्याइको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।







