काठमाडौँ । ७८ लाख रुपैयाँ भन्दा बढीको अवैध अभौतिक मुद्रा क्रिप्टोको कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका-१६ चिसापानी घर भएका २१ वर्षीय सुशान्त दाहाल छन् ।
उनले ७८ लाख ३० हजार ३८८ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका दाहाल विरुद्ध अभौतिक मुद्रा कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।







