२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विशेष महाधिवेशनको माग सान्दर्भिक छैन’-लीलामणि पोखरेल

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा सचिव लीलामणि पोखरेलले विशेष महाधिवेशनको माग निरर्थक रहेको टिप्पणी गरेका हुन्।

माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा बोल्न तँछाड्मछाड छ। बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरूले पार्टी नेतृत्वको आलोचना गर्ने जनार्दन शर्मालाई आत्मालोचना हुन सुझाइरहेका बेला पोखरेलले नयाँ कोणबाट उनको आलोचना गरेका हुन्। शर्माले पछिल्लो समय विशेष महाधिवेशनसमेत हुनुपर्ने बताउँदै आएका छन्।

२०७८ पुसमा सकिएको माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने बताएका थिए। तर, उनले विशेष महाधिवेशनको वाचा पूरा गरेनन्।

सचिव पोखरेलले राष्ट्रिय सम्मेलन सकिएको तीन वर्ष भएकाले आवधिक नै हुने धारणा राखेका हुन्।

‘राष्ट्रिय सम्मेलन भएकै तीन वर्ष भइसक्यो। अहिले विशेष महाधिवेशनको तर्क, बहस सान्दर्भिक छैन,’ बैठकमा उनले जनार्दन शर्मालाई लक्ष्य गरेर धारणा राखेका थिए।

माओवादीको स्थायी समिति बैठक जारी छ। आज अध्यक्ष ‘प्रचण्ड’ले जवाफ दिनेछन्।