काठमाडौँ । भारतले पाँचौँ, अन्तिम तथा निर्णायक टेस्टमा सोमबार इंग्ल्यान्डलाई ६ रनले पराजित गरेको छ ।
भारतले पाँचौँ दिन प्राप्त गरेको जितसँगै पाँच टेस्टको सिरिज २-२ को बराबरीमा टुंगेको छ ।
लन्डनको ओभलमा भएको टेस्टमा इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा ३ सय ६७ रन बनाएर अलआउट भएको थियो । पाँचौँ दिन इंग्ल्यान्डले ३५९ रनमा ६ विकेट गुमाएको अवस्थामा खेल सुरु गरेको थियो । त्यसबेला उसलाई जितका लागि ३५ रन आवश्यक थियो ।
त्यस स्थितिमा इंग्ल्यान्डलाई जितका लागि ३५ रनको आवश्यकता रहेको थियो । भारतका लागि मोहम्मद सिराजले पाँच र प्रसिद्ध कृष्णले चार विकेट लिए ।







