२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर प्रदेश र स्थानीय तह सरुवामा नवप्रवेशी शिक्षक जनाए असन्तुष्टि

अ+ अ-

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमाथि नव प्रवेशी शिक्षक पनि असन्तुष्ट बनेका छन् ।

संसदीय समितिबाट पारित भएको उपसमितिको प्रतिवेदनमा अन्तर प्रदेश सरुवाको व्यवस्था गरिएको छ । यो व्यवस्थामाथि नवप्रवेशी शिक्षकहरूले आपत्ति जनाएका हुन् ।

पारित भएको प्रतिवेदनमा अन्तर प्रदेश ७ वर्ष, एक प्रदेशभित्र ५ वर्ष र पालिकामा २ वर्षको व्यवस्था गरिएको छ । यो वैज्ञानिक नभएको नवप्रवेशी तथा सरुवा पीडित केन्द्रीय संघर्ष समितिले दाबी गरेको छ ।

समितिका संयोजक नेत्रलाल भट्टराईले विज्ञप्ति जारी गर्दै सरुवाबारे गरिएको व्यवस्थाप्रति असहमति रहेको बताएका छन् ।

उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अन्तर प्रदेश ७ वर्ष, स्थानीय तह ५ वर्ष भन्ने कस्तो वैज्ञानिक, कुन सिद्धान्त वा तर्कमा आधारित हो बुझ्न सकिएको छैन । यस्तो अन्यायपूर्ण र भूतप्रभावी नियम बन्ने छैन । यस्तो नियम बनाएमा पनि यो ऐन जारी भएपछि नियुक्त शिक्षकको हकमा भन्ने छुट्टै व्यवस्था रहने छ भन्ने पूर्ण विश्वासमा छौँ ।’

हाल कार्यरत शिक्षकहरूको हकमा भने शिक्षक सरुवा मापदण्ड शिक्षा ऐन २०२८ कै प्रावधान हुने व्यवस्था राख्न माग गरेका छन् ।

आफूहरूको मागलाई बेवास्ता गरिए न्यायका लागि कानुनी बाटो रोज्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।