२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थपियो ‘नाइमा मोबिलिटी एक्स्पो’ को समय

अ+ अ-

काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को समय थपिएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको नाइमा मोबिलिटी एक्स्पोको अवधि सोमबारसम्म थप गरिएको आयोजकले जनाएको छ । गत बुधबार सुरु भएको एक्स्पो यसअघि आइतबारसम्म चल्ने तय थियो ।

नाइमाले एक्स्पोमा अपेक्षाभन्दा बढी दर्शकको आगमन भएको र यसले प्रदर्शनी स्थलमा रौनकता छाएसँगै ५ दिन खुल्ने भनिए पनि अवलोकनकर्ताको माग सम्बोधन गर्न गाह्रो भएपछि एक दिन अवधि थप गरिएको जनाएको छ ।

नाइमाले प्रदर्शनीको दिनमध्ये शनिबार सबैभन्दा धेरे अवलोकनकर्ता आएको जनाएको छ । नाइमाका अनुसार अरू दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिले शनिबार उत्साहसाथ प्रदर्शनीमा सहभागिता जनाएका छन् ।

मुसलधारे पानी परिरहँदा पनि एक्स्पो निर्बाध सञ्चालन भएको र सवारीसाधन अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ गर्ने साथै खरिद गर्नेहरूको घुइँचो रहेको नाइमाको दाबी छ ।

नाइमाले दिएको तथ्यांक अनुसार प्रदर्शनीको पहिलो ४ दिनमा ६९ हजार ५ सय जनाले अवलोकन गरेका छन् । त्यसमध्ये पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार ५ सय र चौथो दिन शनिबार २१ हजार ५ सय अवलोकनकर्ताले एक्स्पोमा सहभागिता जनाएका छन् ।

एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । एक्स्पोमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गरी तीन दर्जन सवारीसाधन लन्च गरिएका छन् ।