५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेब्रा क्रसिङदेखि सार्वजनिक यातायातसम्म समस्या, नागरिक सुनुवाइमा गुनासैगुनासा

अ अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि आयोजित नागरिक सुनुवाइमा जेब्रा क्रसिङमा सवारीसाधन नरोक्ने, सार्वजनिक यातायातमा महिला यात्रुमाथि दुर्व्यवहार हुने तथा विद्यालय क्षेत्रमा ध्वनि प्रदूषण हुने गरी मोटरसाइकल चलाउने गरिएको गुनासो गरिएको छ ।

ट्राफिक प्रहरी प्रभाग गौशाला र काठमाडौँ महानगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित नागरिक सुनुवाइमा स्थानीयवासी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिले ट्राफिक व्यवस्थापनमा देखिएका समस्या उठाउँदै सुधारका लागि सुझाव दिएका हुन् ।

उनीहरूले निर्धारित स्थानबाहिर यात्रु चढाउने र ओराल्ने प्रवृत्ति पनि नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।

नागरिकका गुनासा तथा जिज्ञासाको जवाफ दिँदै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ट्राफिक व्यवस्थापनका समस्या समाधान गर्न प्रहरी प्रतिबद्ध रहेको बता । उनले तत्काल सम्बोधन गर्न सकिने गुनासा कार्यान्वयनमा लैजाने र समय लाग्ने विषयलाई योजनाबद्ध रूपमा समाधान गरिने जानकारी दिए ।

सार्वजनिक यातायातमा महिला यात्रुमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने उल्लेख गर्दै उनले यात्रुको सुरक्षा र सम्मान सुनिश्चित गर्नु ट्राफिक प्रहरीको प्राथमिकता रहेको बताए ।

उपत्यकाको सवारी आवागमन सहज र सुरक्षित बनाउन एकीकृत स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्ने विषयमा अध्ययन तथा समन्वय भइरहेको उजले जानकारी दिए । उक्त प्रणाली कार्यान्वयनमा आएपछि कृत्रिम बौद्धिकता (एआई) मा आधारित क्यामेराबाट सवारी आवागमनको निगरानी तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिने उनको भनाइ थियो ।

ध्वनि प्रदूषण नियन्त्रण अभियानअन्तर्गत चर्को आवाज निकाल्ने र मापदण्डविपरीत स्वरूप परिवर्तन गरिएका सवारीसाधन नियन्त्रणमा लिएर कारबाही भइरहेको पनि उनले बताए ।

गौशाला, चाबहिल, विमानस्थल, तीनकुने र जयबागेश्वरी क्षेत्रमा देखिएका अव्यवस्थित पार्किङ तथा ट्राफिक चिह्नसम्बन्धी समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशन दिइएको उनले जानकारी दिए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष विमलकुमार हाडा र वडा नं. ८ का वडाध्यक्ष आशामान सङ्गतले आ–आफ्नो वडाको ट्राफिक व्यवस्थापन सुधारका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा जनप्रतिनिधि, ट्राफिक प्रहरी अधिकारी, वडा कार्यालयका कर्मचारी, विद्यालयका विद्यार्थी, स्थानीयवासी तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।

0 Comments