२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६८८ दिनको पालिका यात्रा : प्रमुख प्रशासकीय अधिकृत यादवको अबको लक्ष्य- इलाम र सन्दकपुरको तुलनात्मक अध्ययन

अ+ अ-

इलाम । २०८० असोज ४ बाट सन्दकपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत यादव राउतले २०८२ साउन २३ मा ६८८ दिनको कार्यकाल पूरा गर्दै बिदाइ भएका छन्। पालिका र जिल्लाबाट बिदाइ हुँदै उनले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै विगतको उपलब्धि र आगामी योजना सार्वजनिक गरेका छन्। अब उनी २ वर्षको अध्ययन बिदामा रहने छन्, जसको विषय इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको विकास तथा सेवा प्रवाहको तुलनात्मक अध्ययन हुनेछ।

सुशासन, सेवा सुधार र वित्तीय पारदर्शितामा उपलब्धि
उनको नेतृत्वमा गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ९८.५ अङ्कसहित देशकै ११औँ स्थान र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा ९८ अङ्कसहित १५औँ स्थान प्राप्त गरेको राउतले बताएका छन् । ‘सेवा प्रवाहमा सुधार गर्दै बेरुजु ९३ प्रतिशत घटाएर ५ करोड ७५ लाखबाट ४२ लाख ५७ हजारमा सीमित गरियो भने बक्यौता १६ करोड ४६ लाखबाट ५ करोड २३ लाखमा झारियो’ उनले भने ।

सुरक्षित आप्रवासन सामी कार्यक्रम लागू, पूर्ण खोप सुनिश्चित, नसर्ने रोग स्क्रिनिङ, गुनासो सुनुवाइका लागि क्युआर कोड प्रणाली, र मानसिक स्वास्थ्यका लागि मासिक विशेषज्ञ सेवा जस्ता जनमुखी कार्यहरू सुरु गरिएको उनले बताए।

विपद् व्यवस्थापनदेखि पूर्वाधार र पर्यटनसम्म
२०८१ असोजको विपद्‌मा अन्तर निकाय समन्वयमार्फत पालिकालाई सङ्कटग्रस्त घोषणा गराउँदै राहत, पुनर्स्थापना र पुनर्निर्माणमा शीघ्रता दिनुका साथै नेपालमै पहिलो लो/नो कष्ट रेडपाण्डा महोत्सव आयोजना र निरन्तरता, माई पोखरी व्यवस्थापनका लागि ऐन जारी र समिति गठन, पुराना रुग्ण आयोजना पुनर्जीवित गर्दै कभर्ड हल, सङ्ग्रहालय भवन, माई पोखरी-जोर पोखरी एकीकृत पर्यटन पूर्वाधार निर्माण, डुङ्गा सञ्चालन लगायतका परियोजना सम्पन्न भएको राउतको भनाई छ ।

शिक्षा, सामाजिक विकास र सकारात्मक सोच
शैक्षिक गुणस्तर वृद्धि, प्रविधिमैत्री शिक्षा, विद्यालयमा ई–हाजिरी, युवामुखी कार्यक्रम (वित्तीय साक्षरता, नमुना संसद अभ्यास, उद्यमशीलता) सञ्चालन भए। बालमैत्री स्थानीय तहको विकास, जिन्सी व्यवस्थापन अनिवार्य अनलाइन, खर्च नियन्त्रण, पञ्चवर्षीय योजना निर्माण, खेलमैदान स्तरोन्नति, नागरिकताको सिफारिसमा सीआइएमएस सफ्टवेयर, न्यायिक समितिको इजलासलाई पुस्तकालयको रूपमा विकास, धार्मिक एकता सन्देशसहित त्रिधार्मिक महोत्सव र महापुराण सम्पन्न भए।
बिदाइ सन्देशमा यादवले भने, “सकिन्छ भने आफ्नो ठाउँबाट केही राम्रो गरौँ, नत्र कमसेकम नराम्रो नगरौँ। राम्रो कामका लागि जोखिम मोल्नु पर्छ र सकारात्मक सोचले मात्र जीवन र समाजलाई अगाडि बढाउँछ।”