२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछाने बसेको कारागार कोठाको झ्यालको प्लाई हटाइयो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको कारागार कार्यालय रुपन्देहीको कोठाको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको छ।

बिहीबार कारागार कार्यालय रुपन्देहीका प्रशासक सुरेश भण्डारीले विज्ञप्ति जारी गर्दै प्लाई निकालिएको जानकारी दिएका छन्।

‘रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी उनलाई प्रारम्भदेखि नै छुट्टै बन्दी गृहको (अलग्गै एउटा कोठामा) राखिएको छ। उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त कोठाको झ्यालमा साबिकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ। उनलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ।’

२५० जना बस्ने क्षमता भएको उक्त कारागारमा ६४० जना राखिएको पनि प्रशासन कार्यालयले जनाएको छ।

‘क्षमता भन्दा तीन गुणा बढी बन्दीहरू रहेको अवस्थामा पनि यस कार्यालयले कारागारमा उपलब्ध स्रोत साधनको अति उत्तम परिचालन गरी कानुन बमोजिम सेवा सुविधा समयमा नै उपलब्ध गराउँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कारागारको भौतिक संरचना र क्षमता अनुसार बन्दीहरूलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने टेलिभिजन हेर्ने र आफन्तहरूलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रूपमा उपलब्ध गराउँदै आएको छ।’

सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको अपचलनको मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो।