२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

अ+ अ-

काठमाडौँ । नेपाल व्यवस्थापन संघ (म्यान) ले यहाँ आयोजना गरेको एक कार्यक्रममा विद्यमान करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तारको आवश्यकता औँल्याइएको छ । 

‘राजस्व संकलन तथा परिचालन: सम्भावना, चुनौती र अगाडि बढ्ने मार्ग’ विषयक कार्यक्रममा वक्ताहरूले संस्थागत क्षमता अभिवृद्धिमार्फत करको अनुपालन तथा कार्यान्वयन सुदृढीकरण गरिनुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रमका प्रमुख स्रोत व्यक्ति एवं पूर्वअर्थसचिव रामशरण पुडासैनीले आफ्नो प्रस्तुतीकरण गर्दै नेपालको समग्र वित्तीय संरचना, कर नीति, तथा राजस्व परिचालनका विविध पक्षमाथि चर्चा गरे। उनले राष्ट्रिय विकासको प्राथमिकता तथा दिगो वृद्धिसँग सुसंगत हुने गरी राजस्व परिचालन रणनीतिहरूको विकास गरिनुपर्नेमा जोड दिए । 

नीति निर्माता, अर्थशास्त्री, शिक्षाविद्, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूलगायतको उपस्थितमा भएको कार्यक्रममा अन्य वक्ताहरूले पनि कर नीति, त्यसको दायरा र कर अनुशासनबारे आफ्नो धारण राखेका कार्यक्रमका संयोजक एवं म्यानका महासचिव इन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

संघले हरेक शुक्रबार गर्ने आफ्नो नियमित कार्यक्रमअन्तर्गत ‘शुक्रबार व्यवस्थापन वार्ता कार्यक्रम’ सञ्चालन गरिरहेको र त्यस क्रममा यस पटकको शृङ्खला आयोजना गरिएको उनले बताए ।