२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुखबाट इन्दिरा रानालाई हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु गरेका छन् ।

काँग्रेस र एमालेले पहिले आफ्नो पार्टीका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएर अन्य साना दलसँग छलफल सुरु गरेका हुन् ।

उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत अन्तर्गत सिंहदरवारमा दलहरूको बैठक चलिरहेको छ । जहाँ काँग्रेस र एमाले बाहेक साना दलहरूको पनि सहभागिता छ ।

लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर काँग्रेस संसदीय दलको कार्यालय पुगेका छन् । जहाँ सत्तापक्षको बैठक चलिरहेको छ ।

प्रतिनिधि सभामा लोसपाको ४ सिट छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत सांसद अनिता देवी पनि बैठक स्थल पुगेका छन् । प्रतिनिधि सभामा नाउपाको ४ र जनमत पार्टीको ६ सिट छ ।

उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत अन्तर्गत सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको नागरिक उन्मुक्ति पार्टीलाई समेत सत्तापक्षको बैठकमा बोलावट भएको हो ।

नाउपा संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए । तर, आज उक्त पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठ सत्तापक्षको बैठकमा सहभागी हुन पुगेकी हुन् ।

प्रतिनिधि सभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ ।

यो नियम अनुसार कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधि सभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग गर्दै प्रस्ताव लैजान सकिन्छ । २७५ सदस्यीय सभामा एक चौथाइ भनेको ६९ जना सांसद हो ।

तर, पदबाट हटाउनका लागि भने सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट पारित हुनुपर्छ ।

हाल प्रतिनिधि सभामा २७४ जना बहाल रहेका छन् । रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन भएकाले उक्त स्थान रिक्त छ ।

यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुई तिहाइ (१८२.६) अर्थात्, १८३ जना सांसद आवश्यक पर्छ । नेपाली काँग्रेसको ८८ र नेकपा एमालेको ७९ जोड्दा १६७ पुग्छ ।

सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४ जना सांसद छन ।

प्रतिनिधि सभामा नेकपा माओवाद केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् ।

अर्को दल नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् । जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको एक, आजपाको १ र स्वतन्त्र २ जना रहेका छन् ।