२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्रालयद्वारा गैर सरकारी संस्थाको खर्चको सीमा तोक्ने प्रस्तावित कानुनमा राय माग

अ+ अ-

काठमाडौँ। गैरसरकारी संस्थाहरूको खर्चको सीमा तोक्ने प्रस्तावित कानुनमा गृह मन्त्रालयले राय मागेको छ ।

‘संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने बनेको विधेयक’ सर्वसाधारणको राय सुझावको लागि प्रकाशन गरिएको छ ।

जसले विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) मा संशेधन गर्ने भनेको छ ।

विधेयकको दफा ३२ उपदफा २ मा प्रशासनिक खर्चको सीमा २० प्रतिशत हुने उल्लेख छ । जहाँ भनिएको छ, ‘अनुमित प्राप्त गरी नेपालमा काम गर्ने वा परियोजना सञ्चालन गर्ने विदेशी गैर सरकारी संस्था वा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले कुनै कार्यक्रम सञ्चालन गर्दा लागतको बढीमा बीस प्रतिशतसम्म मात्र प्रशासनिक खर्च गर्न पाउने छन् ।’

यसरी खर्च गरेको रकमको विवरणको कार्यसम्पादन प्रतिवेदन संघीय पञ्जिकाधिकारी, विभाग र तोकिएको निकायमा दिनु पर्ने प्रस्तावित व्यवस्था छ ।

यी लगायतका प्रावधान समेटिएको विधेयक ७५ वटा दफामा समेटिएको छ । यो विधेयक अगाडि बढेर ऐनमा रुपान्तरित भए तीन वटा प्रचलित ऐन (राष्ट्रिय निर्देशन ऐन, २०१८), संस्था दर्ता ऐन, २०३४, र समाज कल्याण परिषद् ऐन, २०४९ खारेज हुनेछन् ।

संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न नयाँ ऐन बनाउन लागिएको गृह मन्त्रालयले जनाएको छ ।

विधेयकको प्रस्तावनामा उल्लेख भएअनुसार गैर सरकारी क्षेत्रमा स्थापना हुने संघ संस्थालाई नागरिक अधिकार संरक्षण एवं सामाजिक तथा पर्यावरणीय विकासमा संलग्न गराउने उद्देश्य विधेयकको छ ।