२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

अ+ अ-

गोरखा । गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ । भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले उत्पादनका आधारमा किसानलाई प्रति लिटर रु ५ अनुदान उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अनन्त कोइरालाले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि दूधमा अनुदान उपलब्ध गराउन रु १५ लाख बजेट विनियोजन गरेको छ । ‘‘जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्दै जाने उद्देश्यसहित नगद अनुदान कार्यक्रम सञ्चालन गरिएको हो, प्रमुख कोइरालाले भने, ‘‘यसले किसानलाई थप सहयोग पुग्नेछ ।’’

कार्यक्रमले किसानलाई पशुपालनतर्फ आर्कषित गर्न मद्दत पुग्ने उनको भनाइ छ । ‘‘केन्द्रमा सहकारी संस्थालाई सूचीकृत गरेर सूचीकृत भएका सहकारी संस्थामार्फत उत्पादित दूध बिक्री गर्ने कार्यविधि छ, प्रमुख कोइरालाले भने, ‘‘थोरै दूध उत्पादन गर्ने किसानले पनि सङ्गठित रूपमा काम गर्न सकोस् भन्ने उद्देश्यसहित सहकारीमार्फत काम गराउने व्यवस्था गरिएको हो ।’’

सहकारीमार्फत सङ्कलन र बिक्रीको व्यवस्था गर्दा साना किसानले पनि घरघरमा उत्पादित दूध बजारसम्म पुर्‍याउन सक्ने र अनुदान कार्यक्रमबाट लाभ लिन सक्ने उनले बताए। गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिकामा दूध उत्पादन राम्रो हुने गरेको पाइन्छ । केन्द्रले पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत दूध उत्पादनमा अनुदान कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रम अन्तर्गत यसवर्ष जिल्लामा तीन लाख लिटर दूधलाई अनुदान दिन सकिने केन्द्रले जनाएको छ । त्यस्तै सूचीकृत भएका सहकारी संस्थाले न्यूनतम दुई सय लिटर दूध सङ्कलन तथा बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ । ‘केन्द्रले सहकारीमार्फत किसानलाई नगद अनुदान उपलब्ध गराउने हो ।’’ उनले भने ।