काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन् ।
‘प्रचण्ड’ले बिहान खुमलटारस्थित निजी निवासमै बोलाएर अध्यक्ष फुर्वा गेल्जे शेर्पासहितको नयाँ कार्यसमितिलाई बधाई दिएका हुन् ।
शेर्पाले सत्तारूढ नेपाली काँग्रेस, नेकपा (एमाले)लगायत दलहरूको संयुक्त गठबन्धनलाई पराजित गर्दै प्यानलसहित विजयी भएका थिए ।
कार्यसमितिलाई प्रचण्डले शुभकामना तथा बधाईका साथै पर्वतीय पर्यटन व्यवसायको विकासमा संघले महत्त्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गरे । ‘नेपालमा पर्वतीय पर्यटन व्यवसायको विकास हुनुपर्छ। अहिले निर्वाचित हुनुभएको अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई म हाम्रो पार्टी र मेरो तर्फबाट हार्दिक बधाई दिन चाहन्छु। एनएमएलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन तपाईँहरूको भूमिकामा मेरो पूर्ण समर्थन रहनेछ।’
अध्यक्ष ‘प्रचण्ड’ले आफ्नो व्यक्तिगत अनुभव र एनएमएसँगको लामो सम्बन्ध उल्लेख गर्दै पर्वतारोहण र पर्यटन प्रवर्द्धनका लागि सरकारले पनि सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले हाल अन्तिम चरणमा पुगेको पर्यटन सम्बन्धी विधेयक पारित गराउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि गरे । ‘प्रचण्ड’ले भने







