काठमाडौँ । तीन कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ । आज बजार २१.३० अंक बढेसँगै २७६१ मा कायम भएको छ । कारोबारका क्रममा दिउँसो २ : ३० बजे २७६४ अंक आजका लागि अधिकतम रह्यो ।
नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७५ करोडको भयो । यस दिन १७९ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो ।
अधिकांश समूहका सूचक बढेका छन् ।







