२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महासंघमा रूपान्तरण हुने घोषणा गर्दै सकियो नाडा अटो सो

अ+ अ-

काठमाडौँ। नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो सो २०२५’ १ लाख ७६ हजारभन्दा बढी दर्शकको उपस्थिति सहित सम्पन्न भएको छ ।

६ दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा चलेको प्रदर्शनीले सुस्ताएको अटोमोबाइल बजारमा नयाँ उत्साह थप्दै देशको अर्थतन्त्रलाई नै गति दिने अपेक्षा गरिएको छ ।

सो समापनसँगै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफूलाई ‘महासंघ’ मा रूपान्तरण गर्ने ऐतिहासिक घोषणा समेत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिएको १७औँ संस्करणको यो अटो सो विगतका वर्षहरूभन्दा प्रविधि, व्यवस्थापन र आकर्षणका हिसाबले निकै बृहत् र भव्य रहेको आयोजकको दाबी छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आइतबार आयोजित समापन समारोहमा नाडा अध्यक्ष करण चौधरीले सो सफल बनाउन सहयोग गर्ने सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले यो अटो शोले अटोमोबाइल व्यवसायलाई मात्र नभई देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

यस वर्षको शोको मुख्य आकर्षणमा उड्ने सवारीसाधन (फ्लाइङ कार), रोबोटिक म्यान र डग रहेका थिए, जसले अवलोकनकर्ताको ठूलो भिड तानेको थियो ।

साथै, विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पछिल्ला मोडेलका सवारीसाधन, विशेष गरी थुप्रै नयाँ विद्युतीय गाडी (ईभी) को उपस्थितिले शोलाई थप आकर्षक बनाएको थियो। अवलोकनकर्ताले अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन र आकर्षक स्टलहरूको प्रशंसा गरेका थिए ।

प्रदर्शनीमा नाडाले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा हरेक दिन महत्त्वपूर्ण विषयहरूमा अन्तर्क्रिया आयोजना गरेको थियो । प्रदर्शनी अवधिभरि ‘अन्तर्राष्ट्रिय अटो ट्रेड डायलग’, ‘नेपालमा विद्युतीय सवारीको भविष्य’, ‘कर्जा नीतिमा स्थिरता’, ‘फ्लाइङ कार टेक्नोलोजी’, र ‘सडक सुरक्षा’ जस्ता सान्दर्भिक विषयमा गहन छलफल भएको जनाइएको छ ।

यी कार्यक्रममा सरकारी उच्चपदस्थ अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक, उद्योगी–व्यवसायी तथा विषय विज्ञहरूको सहभागिता थियो ।