२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जका निजी स्वास्थ्य संस्थाहरूले आवश्यक बेड र जनशक्ति निःशुल्क उपलब्ध गराउने

अ+ अ-

काठमाडौँ । वीरगञ्जका निजी स्वास्थ्य संस्थाहरूले आवश्यक बेड र जनशक्ति निःशुल्क उपलब्ध गराउने बताएका छन् ।

हैजाको प्रकोप बढ्दै गएपछि सोमबार साँझ वीरगञ्ज महानगरपालिकासँगको छलफलका क्रममा निजी अस्पतालका सञ्चालकहरूले प्रतिबद्धता जनाएका हुन् ।

महानगर प्रमुख राजेशमान सिंहले महामारी नियन्त्रणमा निजी स्वास्थ्य संस्थाको सक्रिय भूमिका अपरिहार्य हुने बताउँदै बिरामीलाई सहज उपचार उपलब्ध गराउन आग्रह गरेका थिए ।

सो छलफलका क्रममा नारायणी अस्पतालका मेसु डा। चुमनलाल दासले विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार उपचार पद्धति अपनाए धेरै मात्रामा सहज हुने बताए ।

त्यस्तै, पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले महामारी नियन्त्रणमा सरकारी र निजी दुवै अस्पतालको समान जिम्मेवारी रहने उल्लेख गर्दै, आवश्यक नपर्दा पनि जबरजस्ती आइसियुमा बिरामी राखेर आर्थिक लाभ उठाउने गलत प्रवृत्ति रोक्न चेतावनी दिएका छन् ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, महानगर स्वास्थ्य शाखाका प्रतिनिधि तथा निजी अस्पतालका सञ्चालकहरू सहभागी थिए ।

छलफलमा प्रकोप नियन्त्रणका लागि तत्काल कदम चाल्ने, औषधि तथा शुद्ध पानीको आपूर्ति सुनिश्चित गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर प्रभावित क्षेत्रमा परिचालन गर्ने र सचेतना अभियानलाई तीव्र पार्ने सहमति गरिएको मेयर सिंहको सचिवालयले जनाएको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले संक्रमणको स्रोत दुई दिनभित्र पत्ता लगाउने गरी नमुना संकलन, स्थलगत निरीक्षण लगायतका काम भइरहेको जानकारी दिए ।