प्रणयको सुत्रमा छन् शिव तथा पार्वती
निराहार व्रतको मर्म बरीलै
तपस्याको चर्यामा पात खाई बसेकी
उमा भोले कथाको धर्म बरीलै
पात पनि खान छाडी अपर्णा छन् बनेकी
तपस्विनी उमाको कर्म बरीलै
आयो बैँस उम्लिएर भित्र भित्रै उमाको
आफैँलाई लागेको शर्म बरीलै
जाच्न उमा आए शिव इन्द्र रूप धरेर
तपिस्वनी सिकारी छक्क बरीलै
नमस्कार इन्द्रलाई गरिन् जब उमाले
बोल्न थाले इन्द्रले टक्क बरीलै
शिव निन्दा गर्न थाले इन्द्ररूपी भाेलेले
पार्वतीको रिस उठ्दा अर्को बरीलै
हैन हैन म त इन्द्र तिम्रै भोले म भनी
शिव रूप देखाए बर्को बरीलै
क्रोध बढि तर्सिएकी साक्षात् उमा कालिका
भस्म गर्न तयार छन् लर्को बरीलै
श्राप दिन तम्सिएकी उग्रचण्डीझैँ बनी
आँखी भाैँ छन् उठेका धर्को बरीलै







