काठमाडौँ । नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिको उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बनाउने भएको छ । मंगलबार बसेको काँग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेका न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टी पदाधिकारी बैठकले निर्णय गरेको र आफूलाई उम्मेदवारी दिन भनिएको न्यौपानेले बताइन् ।
समितिका सदस्य दिलेन्द्रप्रसाद बडुलाई सभापति बनाउने तयारी भए पनि अन्तिम समयमा आएर संसदीय सुनुवाइ समितिका सभापति रहेकी न्यौपानेलाई त्यहाँबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने पदाधिकारी बैठकले निर्णय गरेको हो ।







