२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोपो कुहिन थालेपछि किसान चिन्तित

अ+ अ-

गलकोट (बागलुङ) । यहाँको काठेखोला गाउँपालिका–१ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रूपमा कुहिएको छ । गोडमेल गर्ने बेलामा केही गाँज कुहिएको थियो । थप नकुहियोस् भनेर औषधि छर्के । तर, कुहिन रोकिएन, हेर्दाहेर्दै खेत रित्तै हुन लागेको उनको भनाइ छ । 

काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका अधिकांश किसान खत्रीको जस्तै रोपो कुहिने समस्याले चिन्तित छन् । किसानले कृषि ज्ञान केन्द्रमा रोपो कुहिएको र सुकेको जानकारी गराएका छन् । ज्ञान केन्द्र प्रमुख राजेश्वर सिलवालसहितका प्राविधिकको टोलीले स्थलगत जाँच गरेको छ ।

गवारो कीरा र खेत कुहिने रोगका कारण अधिकांश किसानको रोपो कुहिएको र सुकेको सिलवालले बताए। सिलवालका अनुसार किसानमा प्राविधिक ज्ञानको अभावले रोपो कुहिने र सुक्ने समस्या देखिएको हो ।

जथाभावी झारनाशक विषादीको प्रयोग गरेका कारण पनि रोपोमा समस्या देखिएको उनले बताए । “रोपो कुहिएको र सुकेको भन्दै दैनिक कृषि ज्ञान केन्द्रमा सात जनाभन्दा बढी किसान आउनुहुन्छ,” सिलवालले भने, “खेतमै पुगेर अनुगमन गर्ने र सल्लाह सुझाव दिने गरेका छौँ ।” 

गौरिया, मसिनो, गुडुरा, जेठोबुढो र हाइब्रिड धानमा बढी समस्या देखिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सन्तोष अधिकारी बताए । निरीक्षणपश्चात् समस्याअनुसार विषादी दिएर पठाउने गरेको उनले बताए । 

उनका अनुसार रोपो पहेँलो हुने समस्या देखिएपछि किसानले युरिया मल प्रयोग गर्दा समस्या थपिएको हो । जिल्लामा धानखेती हुने पाँच हजार ७०७ सात हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ४७८ हेक्टर क्षेत्रफलमा यसवर्ष रोपाइँ भएको छ ।