२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी र शान्सी प्रान्तबीच सहकार्यको नयाँ ढोका खुल्ने मुख्यमन्त्री आचार्यको विश्वास

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

चीनस्थित शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानको नेतृत्वमा आएको जनकंग्रेस प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा मंगलबार भएको शिष्टाचार भेटमा मुख्यमन्त्री आचार्यले पर्यटन, संस्कृति, हरित विकास, स्मार्ट सहर निर्माण, कृषि व्यवसायीकरण, शिक्षा तथा सीप विकासजस्ता क्षेत्रमा सहकार्यको आवश्यकता औँल्याएका हुन् ।

उनले लुम्बिनी प्रदेशमा पर्ने जिइगढी किल्ला, निग्लीहवा, तिलौराकोट, रामग्रामलगायतका ऐतिहासिक र धार्मिक स्थललाई बौद्ध सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न चीनसँग सहकार्य गर्न सकिने बताए । मोनोरेल सञ्चालन पनि आपसी सहकार्यबाट अघि बढाउन सकिने प्रस्ताव गरेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङले २०१९ मा नेपालको भ्रमणका क्रममा लुम्बिनी क्षेत्रलाई नेपाल-चीन सम्बन्धको महत्वपूर्ण आधारका रूपमा विशेष उल्लेख गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले साझा इतिहास, संस्कृति र मित्रतालाई अझ बलियो बनाउन दुवै प्रदेशले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सांस्कृतिक तथा नदी सभ्यतामा आधारित नमुना शहर निर्माण गर्ने योजना रहेको, हरित ऊर्जाको प्रयोग, वातावरणमैत्री यातायात र कृषि-उद्योग विकासका क्षेत्रमा सहकार्य गर्न प्रदेश इच्छुक रहेको जानकारी दिए ।

यस्तै, शैक्षिक सुधारका लागि शिक्षक-विद्यार्थी आदानप्रदान, तालिम तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सुरु गर्न सकिने उल्लेख गर्दै त्यसका लागि लुम्बिनी प्राविधिक विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयले मिलेर अघि बढाउन सक्ने जानकारी दिए ।

उनले कृषिलाई जैविक प्रणालीबाट व्यवसायीकरण गर्ने, जडीबुटी खेतीलगायतका क्षेत्रमा पनि दुई छिमेकी प्रदेशबीच आपसी हितमा सहकार्य गर्न सकिने विश्वास व्यक्त गरे ।

भेटका क्रममा शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानले दुई पक्षबीच गहन छलफल भएको उल्लेख गर्दै पर्यटन पूर्वाधार, स्मार्ट सिटी निर्माण, सौर्य तथा वायु ऊर्जा, प्राविधिक शिक्षा, सीपयुक्त जनशक्ति विकास, वनस्पति तथा जडीबुटी प्रशोधनलगायतका क्षेत्रमा सहकार्य अघि बढाउन सकिने बताए ।

भेटवार्तामा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले प्रदेशका मुख्य प्राथमिकता क्षेत्रहरू-पूर्वाधार विकास, दिगो पर्यटन तथा सम्पदा प्रवर्द्धन, कृषि तथा कृषि-व्यवसाय आधुनिकीकरण, औद्योगिकीकरण र व्यापार प्रवर्द्धन, हरित विकास, मानव पुँजी विकास, निजी क्षेत्रको संलग्नता र लगानी तथा सुशासन र नीतिगत सुधार बारे जानकारी दिए ।

प्रतिनिधिमण्डलले यसअघि प्रदेशस भाका सभामुख तुलाराम घर्ती मगरसँग पनि शिष्टाचार भेटवार्ता गरेको थियो ।