२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपिन जोशीको रिहाइका लागि थप अन्तर्राष्ट्रिय दबाब बढाउन सुझाव

अ+ अ-

काठमाडौँ । दुई वर्षदेखि हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि थप अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने त्यहाँ गएर फर्केको टोलीका सदस्यहरुले बताएका छन् ।

जोशीलाई हमासले कब्जामा लिएको स्थानको स्थलगत अवलोकनबाट फर्किएर आएकाहरूले उनको रिहाइका लागि अहिले भइरहेका प्रयासलाई थप बलियो बनाउनुपर्ने बताएका हुन् ।

जोशीको अवस्था बुझ्न गएकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य एवं अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्य स्वाती थापाले विपिन जोशी हाल पनि हमासको नियन्त्रणमा जीवितै रहेको दृढ विश्वास रहेको बताएकी छन् ।

‘हामीले विपिनलाई अपहरण गरेको स्थानहरूका फुटेजहरू हेरेका छौँ, त्यहाँको अवस्थाको बारेमा हेरेका छौँ, अब इजरायललाई मात्रै होइन त्यसका छिमेकी देशहरूमा पनि रिहाइको दबाब बढाउनुपर्ने छ’ उनले भनिन् ।

उनले विपिनको रिहाइका लागि सरकारले अन्य मुलुकसँगसमेत सहयोग लिएर हमास नेतृत्वलाई दबाब दिनुपर्ने बताइन् । जोशीलाई हमासले नियन्त्रणमा लिदै गरेको लाइभ भिडियो देखाउँदै विपिनलाई हमासले जीवितै राखेको अनुमान गर्न सकिने थापाको भनाइ छ ।

इजरायलका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँगको भेटमा विपिनको रिहाइका लागि त्यहाँको सरकारले पनि उच्च प्राथमिकतामा राखेको अनुभव गर्न सकिएको थापाले सुनाइन् । हमास नेतृत्वलाई दबाब सिर्जना गर्न नेपाल सरकारले अन्य मुलुकको सहयोग लिनुपर्ने थापाको सुझाव छ ।

लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका विपिन जोशीसहितलाई ७ अक्टोबर २०२३ मा नियन्त्रणमा लिएको थियो ।

उनलाई जीवितै रिहा गराउन नेपाल सरकार, इजरायली सरकार र अन्तर्राष्ट्रिय समुदायले समेत पनि कूटनीतिक पहल गरिरहेका छन् । यही क्रममा विपिनकी आमा र बहिनीसमेत केही दिन अघि इजरायल पुगेर फर्केका छन् ।

उनीहरूले इजरायलका राष्ट्रपति आइज्याक हर्जोगसँग भेट गरी विपिनको सुरक्षित रिहाइका लागि अपिल गरेका छन् । जवाफमा राष्ट्रपति हर्जोगले विपिनलाई आफ्नै नागरिकसरह मानेर उनको रिहाइका लागि निरन्तर प्रयास गरिरहेको बताएका छन् ।

विपिनको रिहाइका लागि निरन्तर प्रयास भइरहेपनि उनको ठोस अवस्थाबारे भने नयाँ जानकारी सार्वजनिक भएको छैन ।

थापाले विपिनकी आमा र बहिनीसँग इजरायलमै भेटेको र त्यहाँको अवस्थाबारे छलफल भएको बताइन् ।