२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संघ-संस्था ऐन, २०८२’ सम्बन्धी विधेयकमाथि छलफल चलाउन बारको माग

अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनले ‘संघ-संस्था ऐन, २०८२’सम्बन्धी विधेयकमाथि सरोकारवाला पक्षहरूहरुसँग छलफल गरी आवश्यक परिमार्जनसहित विधायन प्रक्रिया अघि बढाउन माग गरेको छ ।

महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा संघ–संस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकका सन्दर्भमा सार्वजनिक सुझाव तथा प्रतिक्रियाका लागि नेपाल सरकार, गृह मन्त्रालयबाट जारी सार्वजनिक सूचना उपर ध्यानाकर्षण भएको जनाउँदै बारले छलफल चलाउन माग गरेको हो ।

सो सम्बन्धमा प्रारम्भिक धारणा प्रस्तुत गर्दै बारले प्रस्तुत विधेयकलाई सबै सरोकारवालाहरूसँग सार्थक छलफल गरी परिमार्जन गरेर मात्र विधायन प्रक्रिया अघि बढाउनुपर्ने, परिमार्जनको प्रक्रियामा सरोकारवाला निकाय, नागरिक समाज तथा विज्ञहरूसँग बृहत्तर परामर्श गर्नुपर्ने र प्राप्त हुने सुझावहरूलाई आत्मसात् गरी संविधान र लोकतान्त्रिक मूल्यसँग सुसंगत हुने र सुशासनको प्रवर्द्धन गर्ने गरी  विधेयक अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । 

“विधेयकका कतिपय प्रावधानहरू संविधानमा प्रत्याभूत मौलिक हक तथा स्वतन्त्रतासँग बाझिने गरी राखिएको छ, संस्थागत स्वतन्त्रता र नागरिक समाजको भूमिका कमजोर पार्ने खालका व्यवस्थालाई विधेयकमा स्थान दिएको देखिन्छ”, विज्ञप्तिमा भनिएको छ, “प्रस्तुत विधेयकले सुशासन प्रवर्द्धन गर्नेभन्दा पनि उल्टो संघ–संस्थाको दायरा सङ्कुचित गर्ने र नियन्त्रणमुखी हुने जोखिम रहेको देखिन्छ ।”

विधेयक ऐन, २०८१ को दफा ६(२) अनुसार विधेयक तयार पार्दा त्यसको उद्देश्य र सम्भावित प्रभाव स्पष्ट गर्नुपर्ने कानुनी व्यवस्था भएअनुरूप “संघसंस्था दर्ता, नियमन र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट हुने हुँदा संस्थाको व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि हुन गई यसबाट सामाजिक र विकासका क्रियाकलापमा संघ–संस्थाको भूमिका व्यवस्थित, पारदर्शी र प्रभावकारी हुन गई सुशासन प्रवर्द्धन गर्नमा मद्दत मिल्ने” जस्ता आधार र कारण अगाडि सारिएको छ ।

 बारले आधार र कारण अगाडि सारे पनि प्रस्तावित विधेयकमा गरिएका कतिपय व्यवस्थाहरू नेपालको संविधानद्वारा प्रदत्त मौलिक हकप्रतिको सङ्कुचन हो भन्ने  ठम्याइ रहेको जनाएको छ ।