२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रममन्त्री भण्डारीले भने : ‘कोरियाले प्रविधि हस्तान्तरणसँगै दक्ष जनशक्ति विकासमा सहयोग गर्‍यो’

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले कोरिया सरकारले नेपालमा ईपीएस कार्यक्रम सञ्चालन गरी नेपाली युवाहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिएका छन् ।

बुधवार मन्त्रालयमा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संसाधन विभागको प्रतिनिधि मण्डलसँग भएको छलफलमा मन्त्री भण्डारीले इपिएस कार्यक्रममार्फत अवसर पाएका युवाहरूले कोरियाको विकासमा समेत योगदान पुर्‍याएको बताएका छन् ।

उनका अनुसार कोरिया नेपाली युवाहरूको लागि आकर्षक रोजगारी गन्तव्यको रूपमा स्थापित भइसकेको छ। उनले उदाहरण दिँदै भने, ‘पाँच हजार युवाहरूकालागि खुलाइएको अवसरमा एक लाखभन्दा बढीले आवेदन दिनु, कोरिया जान युवाहरू कति इच्छुक छन् भन्ने स्पष्ट प्रमाण हो ।’

मन्त्री भण्डारीले नेपाली युवाहरूलाई केवल रोजगारीका लागि मात्र नभई कोरियामा काम गर्ने संस्कार, उच्च प्रविधिको ज्ञान र सीप हासिल गर्न पठाउनुपर्ने बताए । उनले विदेशमा काम गरेर केही पुँजीसहित फर्किएपछि मुलुकको विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।

‘सीपबिनाको रोजगारी सम्भव हुँदैन,’ मन्त्री भण्डारीले भने, ‘त्यसैले कोरियाको प्रविधि नेपालमा हस्तान्तरण गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो प्राथमिकता हो ।’

उनले बिस्तारै निजी तालिम प्रदायक संस्थाहरूलाई मापदण्ड र गुणस्तर निर्धारण गरेर तालिम सञ्चालन गर्ने आधार तयार गर्ने पनि जानकारी दिए ।

उनले कोरियाको हुन्डाई मोटर कम्पनीले नेपालमा अटोमोबाइल एसेम्बल गर्ने तयारी भइरहेकाले गुणस्तरीय तालिम र दक्ष जनशक्ति उत्पादन अनिवार्य रहेको बताए ।

कोरियन सरकारले हाल पनि विभिन्न माध्यमबाट नेपालमा दक्ष जनशक्ति निर्माणमा सहयोग गर्दै आएको छ ।

मन्त्री भण्डारीले कोरियाबाट आएको उच्च प्राविधिक टोलीले दुवै देशको हित हुने गरी ठोस निष्कर्षसहित अघि बढ्ने विश्वास व्यक्त गरे ।

नेपाल सरकार र कोरिया सरकारबीच अटोमोबाइल, वेल्डिङ, पलम्बर र इलेक्ट्रिकल गरी चार क्षेत्रमा उच्च गुणस्तरका तालिम सञ्चालन गर्ने सम्झौता भएको छ ।

यस कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कोरियाले नेपाललाई सहयोग उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।