२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

के गर्छस् मंगले आफ्नै ढंगले भन्दै ‘प्रचण्ड’लाई जनार्दनको अर्को झटारो

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा आज समस्या देखा परेको बताएका छन्।

वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै शासनलाई सेवाको रूपमा बदल्न नसकेको कारणले आफूहरू चुकेको बताए।

उनले भने, ‘कम्युनिस्ट धु्रविकरण आजको आवश्यकता छ। सानो समूह होइन, एउटा बृहत् स्वार्थ समूहभन्दा बाहिर रहेर। हामीले नेकपा बनाएर पनि प्रयास गर्‍यौँ। सिद्धान्त मिलेको थियो थिएन एउटा पाटो होला। मिलाउन सक्ने ठाउँ पनि थियो। जनताको साथले दुई तिहाइ नजिक बहुमत प्राप्त भयो। तर सत्ता स्वार्थको कारणले चिसो पानी खन्याइयो। म व्यक्तिबिशेषलाई कुनै दोष दिन चाहन्नँ।’

उनले आज निराशाको जगमा नयाँ नयाँ शक्तिहरू पैदा हुनुको जिम्मेवारी नेकपाको नेतृत्वले लिनुपर्ने बताए।

उनले थपे, ‘समाजवादको कुरा गर्ने अनि, व्यक्तिगत स्वार्थमा केन्द्रित भएर त्यो प्रयास असफल बनाइयो। कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाइयो। कम्युनिस्टभित्र रहेको महारोगको कारणले आज समस्या सिर्जना भएको छ।’ ०७९ को चुनावमा गठबन्धन गरेर लड्दा पनि अवसर पाएको सुनाए।

उनले अध्यक्ष ‘प्रचण्ड’लाई लक्षित गर्दै भने, ‘चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि थियो। केही कामको थालनी पनि भएको थियो। तर आफ्नै बुद्धिले, के गर्छस् मंगले आफ्नै ढंगले भन्या जस्तो गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज यस्तो ठाउँमा पुग्यो आज जनताको एजेन्डाहरू सम्बोधन गर्ने सम्भावना छैन। अहिले विभिन्न काण्डै काण्ड हेरिराख्नुपरेको छ। त्यसको जिम्मेवार पनि हामी हौँ।’

कम्युनिस्ट आन्दोलनको पुनर्गठन नयाँ पुस्ताले अघि बढाउन आवश्यक रहेको बताए।

उनले थपे, ‘अब नयाँ पुस्ताले इगोको टकराब नगर्ने गरी, इगोकै कारणले नेकपा टुट्यो। अब नेताहरूलाई गाली गर्ने होइन। उहाँहरूलाई धारे हात लगाउने होइन। उहाँहरूको भूमिकालाई स्थापित र सम्मान गर्ने तर उहाँहरूले गरेका गल्तीबाट सिक्ने, ती गल्तीहरूबाट सिकेर पार्टीलाई लोकतान्त्रीकरण गर्ने, वैचारिक बहस गरेर विचार कार्यदिशा, कार्यनीति योजना संगठन, विधि जनता अनुकूल बनाउने प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ।’