काठमाडौँ । भन्सार विभागले विभाग तथा मातहतका ५३ शाखा अधिकृत र भन्सार अधिकृतको सरुवा गरेको छ।
सरुवामा विभागमा कार्यरत अधिकृतहरूलाई भन्सार कार्यालयमा भन्सार अधिकृत बनाइ पठाइएको छ भने भन्सार अधिकृतहरूलाई विभाग वा अन्य कार्यालयमा स्थानान्तरण गरिएको छ।
हाल सरुवाको सिजन जारी छ। कतिपय निकायले निर्णयको सूची वेबमा तुरुन्त राख्ने गरेका छन् भने केहीले सूची लुकाउने गरेको भेटिएको छ। यसले सरुवा प्रक्रियामा पारदर्शितामा कमी देखाउँछ।
विशेष गरी साँठगाँठमा सरुवा गर्ने कार्यालय प्रमुखहरूले सूची सार्वजनिक नगर्ने गरेको भेटिन्छ, यहीबाट पनि प्रष्ट हुन्छ कि त्यहाँ केही गडबडी गरिएको छ । जसलाई निरुत्साहित गर्न तथा थप निगरानी बढाउन जरुरी छ ।







