काठमाडौँ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
प्रतिष्ठानले आज एक सूचना जारी गर्दै लोक सेवा आयोगको सहमति अनुसार कार्यक्षमताको मूल्यांकनद्वारा बढुवा र आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्नको लागि १५ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना :









