२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको चीन भ्रमण अगाडि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन रास्वपाको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको चीन भ्रमण अगाडि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन माग गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै रास्वपाका सांसद गणेश पराजुलीले यस्तो माग राखेका हुन् ।

‘लिम्पियाधुरा, लिपुलेक, कालापानी यी क्षेत्रहरू नेपालका अविभाज्य भूभाग हुन् भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी हिमाल झैँ दृढ छ’ पुराजुलीले भनेका छन्, ‘आसन्न प्रधानमन्त्रीज्यूको चीन भ्रमणभन्दा अगाडि सदनबाट राष्ट्रियताको सन्दर्भमा साझा अवधारणा बनाउन माग गर्दछु ।’

सन् १८१६ को सुगौली सन्धिबाट नै नेपालको पश्चिमी सीमा काली नदी ठहरिएको ऐतिहासिक तथ्य कुनै विवादको विषय बन्नै नसक्ने पराजुलीले बताए ।

‘इतिहास मात्र होइन, भूगोल र हाइड्रोलोजिकल प्रमाणका तथ्य केलाउँदा नदीनालाका प्रवाह, भू-आकृतिक संरचना, स्थानीय बस्ती र प्राकृतिक भूगोलका प्रमाणहरू अनि सन् १९६१ को जनगणना, त्यतिबेलाका प्रशासनिक अभिलेख तथा सन् १९५९ को आम निर्वाचनको मतदाता नामावली लिम्पियाधुरा नेपालको आफ्नो भूभाग हो भन्ने प्रमाणित गर्न पर्याप्त रहेको उनले बताए ।

संयुक्त राष्ट्रसंघको चार्टरको धारा २ (४) अनुसार, सदस्य राष्ट्रहरूले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा अन्य कुनै राष्ट्रको भू-साम्प्रभुता वा राजनीतिक स्वतन्त्रता मा आघात पुग्ने खालका कामहरू गर्न पाउँदैनन् ।

राष्ट्रको अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षण भन्दा ठूलो जिम्मेवारी कुनै पनि दल वा सरकारको हुन नसक्ने उल्लेख गर्दै उनले भने, ‘नेपालको भूभागमाथि अन्य राष्ट्रहरूले नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना गर्ने कुनै सम्झौता वा गतिविधि वैधानिक हुँदैन, हुन सक्दैन। यस्तो कार्य आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त माथि ठाडो प्रहार मात्र होइन, नेपालको राष्ट्रिय स्वाभिमानमाथिको धक्का हो ।’

हालै केही समय अगाडि भारत र चीनबीच नेपाललाई सहभागी नगराई लिपुलेकमार्ग प्रयोग गर्न गरेको समझदारी अन्तर्राष्ट्रिय कानुनकै दृष्टिले अवैध रहेको रास्वपाको ठहर छ ।

‘तर, जनताले प्रश्न गरेका छन्-नेपाल सरकारले किन मौनता साधेको छ ? सरकार यस्तो संवेदनशील विषयमा किन टालटुल गर्दैछ ?’ पराजुलीले प्रश्न गरे, ‘अन्तर्राष्ट्रिय सीमा र राष्ट्रियताका मुद्दामा जनताले मौनता होइन, सरकारको स्पष्ट जवाफ मागेका छन् ।’

प्रधानमन्त्री चीन भ्रमणमा जानुभन्दा अघि सदनले सत्तापक्ष-प्रतिपक्षभन्दा माथि उठेर राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षाको पक्षमा सर्वसम्मत साझा अवधारणा बनाउन आवश्यक रहेको उनले बताए ।

पराजुलीले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूले छिमेकी दुवै मुलुकका राष्ट्राध्यक्षसँग केवल “शिष्टाचार” होइन, दृढ, परिणाममुखी र शान्तिपूर्ण तर कूटनीतिक प्रभावकारी संवाद गर्नै पर्छ ।’