२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्रा पदच्युत

अ+ अ-

काठमाडौँ । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पाटोङटार्न शिनावात्रालाई पदच्युत गर्ने फैसला गरेको छ। अदालतले उनको विवादास्पद फोनवार्ता नैतिक आचरणको उल्लंघन भएको ठहर गर्दै प्रधानमन्त्री पदबाट तत्काल हटाउने निर्णय सुनाएको हो।

अदालतको फैसलामा भनिएको छ, ‘पैटोंग्तानको कार्यले राष्ट्रको गौरव जोगाउन सकेन र व्यक्तिगत स्वार्थलाई देशभन्दा माथि राखियो, जसले गम्भीर रूपमा नैतिक मापदण्ड उल्लंघन गर्‍यो।’

पैटोंग्तानले भने उक्त गोप्य फोन वार्तामा आफूले प्रयोग गरेको भाषा शैलीलाई सम्झौताकै रणनीति भनेर बचाव गरेकी थिइन्। तर, अदालतले उनको तर्क अस्वीकार गर्दै सो वार्ताले थाइल्याण्डको हितभन्दा क्याम्बोडियाको हितलाई बढी फाइदा पुग्ने शंका जनसाधारणमा बढाएको बताएको छ। अदालतले भनेको छ, ‘यस कदमले जनतामा प्रधानमन्त्री पदप्रति विश्वास र आस्था गुमाएको छ र प्रधानमन्त्रीको कार्य सम्पादनमा गम्भीर क्षति पुगेको छ।’

संवैधानिक अदालतको यस निर्णयसँगै पैटोंग्तानको पद तथा मन्त्रीपरिषद् तत्काल विघटन भएको छ। उनी २००८ पछि अदालतद्वारा पदबाट हटाइने पाँचौँ प्रधानमन्त्री बनेकी छन्।

गत जुलाईमा क्याम्बोडियाका नेता हुन सेनसँग भएको उनको फोनवार्ता लीक भएपछि आलोचना तीव्र बनेको थियो र उनी निलम्बनमा परेकी थिइन्। ३७ वर्षकै उमेरमा प्रधानमन्त्री बनेकी उनी थाइल्याण्डकै सबैभन्दा कान्छी र दोस्रो महिला प्रधानमन्त्री थिइन्। यसअघि उनकी काकी यिङलक शिनावात्रा सन् २०११ देखि २०१४ सम्म प्रधानमन्त्री भएकी थिइन्।एको छ।