२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गृहमन्त्री बनाइदिए नायक फिल्मको हिरोले झैँ काम गरेर म देखाउँछु कानुनको शासन कस्तो हुन्छ’ : सांसद साह

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका सांसद किरण कुमार साहले सुशासन र स्थिरताको नारा लगाउने नेताहरूको व्यवहार त्यसअनुसारको पाउन नसकेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘सुशासनको नारा लगाउनेहरूको पालामा आज देश कुशासन र अपराधको दलदलमा डुबिरहेको छ ।’

रौतहटमा केवल २५ दिनमा ५ जना निर्दोष नागरिकले ज्यान गुमाउनु परेको उनले बताए । कसैको शव सुटकेसभित्र फेला परेको, कसैको जंगलमा शव फेला परेको, कसैको चक्कु प्रहरबाट हत्या भएको त कसैले आत्म हत्या गर्ने क्रम रहेको भनेर उनले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाए ।

गाउँ शहरमा त्रास रहेको उल्लेख गर्दै उनले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको उनले बताए ।

‘यो सब गृहमन्त्रीको कमजोरी र लापरबाहीको परिणाम हो’ उनले भने । यदि गृहमन्त्री रमेश लेखकसँग गृह मन्त्रालय चलाउने क्षमता छैन भने आफूलाई जिम्मेवारी दिन उनले माग गरे ।

‘यदि गृहमन्त्रीज्यूसँग गृह मन्त्रालय चलाउने क्षमता छैन भने यो मन्त्रालय मलाई एक महिनाको लागि दिनुहोस् । म देखाउँछु, सुशासन भनेको के हो ? संविधान कार्यान्वयन भनेको के हो ? कानुनको शासन भनेको कस्तो हुन्छ ?’

गृहमन्त्री भए यी काम आफूले नायक फिल्मको हिरोले झैँ गर्ने उनको दाबी छ ।

‘मैले यस्तो भनिराख्दा हास्यास्पद हुन सक्छ’ उनले गृह मन्त्रालयको नेतृत्व माग्दै भने, ‘यदि नायक फिल्मको जस्तै सफल हुन सकिन भने म यही सदनको बीचमा राजीनामा दिनेछु ।’

आफू गृहमन्त्री भएको खण्डमा हत्यारा जसको भए पनि, अपराध जुन शक्तिसँग जोडिएको भएपनि कुनै हालतमा उन्मुक्ति नपाउने उनको प्रतिबद्धता छ ।

‘जनताको रगतसँग खेलवाड गर्ने खेल अब हाम सहन सक्दैनौँ । अब यो सदनले निर्णय गर्नुपर्छ-जनताको ज्यान भन्दा ठूलो कुरा अरु हुन सक्दैन’ सांसद साहले भने, ‘जनताले कुरा होइन, परिणाम खोजिरहेको छ।’