२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिया बगान र अर्पाटमेन्टबीच सौदाबाजी भएर भूमि विधेयक अघि बढेको माधव सापकोटाको दाबी 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको उद्देश्य भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा दिन नरहेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । भूमि सम्बन्धी अध्यादेश हुँदै विधेयक आउँदासम्म विरोधमा रहेको नेपाली काँग्रेसले अग्रसरता लिएर संशोधन गर्ने भनेता पनि जनताको अपेक्षा र आवश्यकता अनुसार विधेयक संशोधन हुन नसकेको उनको आरोप छ ।

‘सत्ता साझेदार एउटा दलका केही माननीयज्यूहरूको सक्रियताले यो विधेयक संसदीय समितिमा पुगेको थियो,’ उनले भने । संसदीय समितिमा पुगेपछि केही प्रगतिशील विषय समावेश गरेर विधेयक संशोधन हुन सक्ने अपेक्षा रहेको पनि उनले बताए ।

आफूहरूको विश्वास यथार्थमा परिणत हुन नसकेको उनको टिप्पणी छ ।

‘गिभ एण्ड टेक भयो वा के भयो ! सुरुमा हामीले ठानेका थियौँ विधेयक प्रगतिशील हुने भयो । जनताको पक्षमा पुरानो राजनीतिक दलले अडान लिने भयो भन्ने लागेको थियो । तर, अन्तिममा गएर चिया बगान र अर्पाटमेन्टका बीचमा सौदाबाजी भएर काले काले मिलेर खाउँ भाले भन्ने भन्दा अरु केही भएन,’ सापकोटाको टिप्पणी छ ।

विधेयकले निश्चित वर्गको हित गर्ने र जनताको समग्रतामा हित नगर्ने उनको बुझाइ छ ।