२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले स्थानीय महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि एलएमसी डिजिटल हाटबजार एप सार्वजनिक गरेको छ । 

महानगरभित्रका महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण गर्नुका साथै कम लागतमा उद्यमीलाई उपभोक्तासम्म पुर्‍याउन महानगरको महिला, बालबालिका शाखाले आज एलएमसी डिजिटल हाटबजार एप सार्वजनिक गरेको हो ।

एप सार्वजनिक कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले वर्तमान सूचना प्रविधिको युगमा वस्तु तथा सेवाको बिक्री वितरण र प्रचारप्रसारका लागि डिजिटल एपको व्यवस्था गरिएको बताउँदै यसबाट यहाँका सात सय ५० भन्दा बढी महिला समूहलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“सम्पूर्ण महिला उद्यमीले यो एपलाई अधिकतम उपयोगमा ल्याउनुहोस्, देशका सात सय ५३ वटा स्थानीय सरकार, सातवटै प्रदेश सरकारहरूमध्ये ललितपुरले उत्कृष्ट काम गरिरहेको छ, हामीले गरेका कतिपय काम अन्य स्थानीय तहले सिक्न उपयोगी हुने विश्वास लिएका छौँ”, उनले भने।

महानगरप्रमुख महर्जनले ललितपुरद्वारा सञ्चालित एलएमसी अलर्टले २२ वटा कामका लागि सहजीकरण गरिरहेको जनाउँदै एपमार्फत काममा सहजीकरण हुँदा जनप्रतिनिधिलाई मध्यरातमा फोन गर्नुपर्ने समस्या अन्त्य भएको धारणा राखे ।

“एकद्वार सेवा प्रणाली लागू हुनुका साथै एपमार्फत सेवा प्रवाह हुँदा सेवाग्राहीले महानगरका कोठा-कोठा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ”, उनले भने ।

महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमीहरूको समस्या समाधान गर्ने, उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले यो प्रयास थालिएको बताइन् । उनले उद्यमीहरूद्वारा सानो परिमाणमा उत्पादित वस्तु तथा सेवालाई सहज रूपमा बजारीकरण गर्न र उद्यमीले उचित प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त गर्न यो माध्यम प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

महिला बालबालिका शाखा प्रमुख शोभा खरेलले महिलाद्वारा उत्पादित वस्तु तथा सेवाहरूको डिजिटल एपमार्फत बिक्री वितरण गर्न सकिने भन्दै क्रेताले बिक्रेतासँग सम्पर्क गरेर सामानको खरिद गर्न सक्ने जानकारी गराइन्। उनले यो वर्ष महानगरले १० जना महिला उद्यमीका सामान अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्य राखेको उल्लेख गरिन् ।