काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मर्चवार विकासको लागि एमालेको अगुवाइमा गोलबन्द हुनुपर्ने बताएका छन् ।
शनिवार असुरैनामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशमा बलियो पार्टीले नेतृत्व गर्न सक्दैन त्यहाँको विकास नहुने भएकोले एमाले बलियो बनाउने अभियानमा लाग्न आग्रह गरे ।
‘मर्चवारबाट चुनाव लडेकाहरूको पार्टी सरकारको नेतृत्व नगरेकाले समस्या भएको हो, एमाले देशको नेतृत्व गर्ने पार्टी हो त्यसैले अब यहाँको विकासको जिम्मेवारी लिन्छ’, उनले भने, ‘सक्षम नेता भएको पार्टीको साथ लिएर आफ्नो क्षेत्रमा विकास हुन्छ । मर्चवारबाट राजनीति गर्नेहरू अब अरूको पछि लागेर होइन । विगतमा धेरै पार्टीमा हिँड्नु परेको बाध्यता अब हटेर जानेछ। मर्चवारको विकासको लागि एमालेको अगुवाइमा गोलबन्द हुनुपर्छ ।’ उनले भने ।
‘मर्चवार म पन्चायतकालदेखि बसेको ठाउँ हो तर मर्चवारका स्थानीयले पत्याएनन् । मर्चवारमा के चाहिन्छ भन्ने नेताको अभाव रहेको । अब मर्चवार पछाडि पर्दैन । देशकै उदाहरणीय स्थान बनाउने जिम्मेवारी एमालेको काँधमा आयो । अब मर्चवारमा विभेद हुँदैन’,
एमाले विकासका आवश्यकता पहिचान गरेर अघि बढ्ने बताउँदै उनले सम्मानका साथ नयाँ प्रवेश गरेका साथीहरूलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता गरे ।







