काठमाडौँ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० झण्डाचोकमा गणेश पूजाको विषयलाई लिएर दुई समुदायबीच झडप भएको छ ।
मूर्ति विसर्जनको लागि मुस्लिम बस्तीबाट लैजाने क्रममा दुई समुदायबीच विवाद उत्पन्न हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रु ग्यास प्रहार गरेको छ ।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी स्थिति सामान्य पारिएको प्रहरीले जनाएको छ ।







