२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्रीले भने-‘डिजिटल युगमा पनि पुस्तकालयको महत्व घटेको छैन’

अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पुस्तकालयलाई केवल किताब भण्डारण गर्ने ठाउँका रूपमा मात्रै नभई समाजको समग्र विकासको केन्द्रको रूपमा पुनः परिभाषित गर्नुपर्ने राज्यको दायित्व रहेको बताएका छन् ।

काठमाडौँमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको अठारौँ पुस्तकालय दिवस २०८२ को अवसरमा बोल्दै मन्त्री गुरुङले नेपालमा पुस्तकालयको इतिहास अत्यन्त समृद्ध र प्रेरणादायी रहेको उल्लेख गरे ।
प्राचीन कालदेखि नै अध्ययन, ज्ञान र धर्मको संरक्षणका लागि नेपालमा पुस्तकालयको स्थापना हुँदै आएको समेत जानकारी दिँदै मन्त्री गुरुङले भने, “प्रारम्भिक समयमा मठ–मन्दिरहरूमा पठनका लागि संग्रहालयीय पुस्तकालयहरू थिए, जसले ज्ञानको प्रकाश फैलाउने महत्त्वपूर्ण भूमिका खेलेका थिए ।”

आधुनिक पुस्तकालयको इतिहास पृथ्वीनारायण शाहको शासनकालदेखि सुरु भएको इतिहास पनि मन्त्री गुरुङले स्मरण गराए । उनका अनुसार शाहकै पालामा विभिन्न स्थानमा छरिएका पाण्डुलिपिहरू संकलन गरी वसन्तपुर दरबारमा सुरक्षित रूपमा राखिएको इतिहास छ ।

यही क्रममा विसं १८६९ साल भदौ १५ गते राजा गीर्वाण युद्ध वीरविक्रम शाहले “पुस्तक चिताइ तहबिल” सम्बन्धी लालमोहर जारी गरे, जुन नेपालको पहिलो कानुनी रूपमा मान्यता प्राप्त पुस्तकालयका रूपमा मानिने उनले बताए । । यही ऐतिहासिक घटना सम्झँदै विसं २०६५ सालदेखि हरेक वर्ष भदौ १५ मा पुस्तकालय दिवस मनाउने परम्परा सुरु भएको हो ।

मन्त्री गुरुङले नेपालमा पुस्तकालयको इतिहास जनचेतना, अध्ययन संस्कृति र सामाजिक रूपान्तरणसँग गहिरो रूपमा गाँसिएको हुँदा यसको संरक्षण, विकास र सक्रिय प्रयोगको प्राथमिकता बढाउन आवश्यक रहेको बताए ।
उनका अनुसार आजको डिजिटल युगमा पनि पुस्तकालयको महत्व कम भएको छैन । यसले डिजिटल पहुँच, ई-पुस्तक, अनुसन्धान सामग्री सुरक्षित अध्ययन वातावरण प्रदान गर्दै नागरिकलाई सशक्त बनाइरहेको उनले बताए । युवाहरूका लागि पुस्तकालय अनुसन्धान, नव प्रवर्तन र सीप विकासको प्रमुख स्थल बनेका छन् । विशेष गरी ग्रामीण क्षेत्रका पुस्तकालयहरूले कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेको मन्त्री गुरुङको धारणा छ ।