२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रान्सफर्मर घोटाला प्रकरणको अन्तिम सुनुवाइ जारी

अ+ अ-

काठमाडौँ। ट्रान्सफर्मर खरिद प्रकरणमा भएको अनियमितताबारेको अन्तिम सुनुवाइ सुरु भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासमा अन्तिम बहस सुरु भएको हो । बिहीबारबाट सुरु भएको अन्तिम बहस शुक्रबार पनि जारी रह्यो । मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबार पनि बहस चल्नेछ ।

लामो समय पेशी नै नतोकिँदा सुनुवाइ हुन नसकेको यो मुद्दामा करिब आठ वर्षपछि अन्तिम बहस सुरु भएको छ । २७ कात्तिक २०७४ मा सर्वोच्च अदालतमा यो मुद्दा दर्ता भएको थियो । त्यसपछि जम्मा एक पटक मात्रै पेशी तोकिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० सालमा दुई चरणमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक जिवेन्द्र झा रामेश्वर यादवसँगै १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । दोस्रो चरणमा विदेशी एजेन्ट र प्राधिकरणका अन्य कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा ट्रान्सफर्मर खरिद प्रकरणमा प्राधिकरणलाई ५० करोड रुपैयाँ हानी पुर्‍याइएको दाबी थियो ।

यो मुद्दामा १७ चैत २०७३ मा विशेष अदालतले विदेशी कम्पनीसहित २५ जनालाई दोषी ठहर गरेको थियो । उनीहरूबाट ४६ करोड रुपैयाँ असुलउपर गर्न आदेश दिएको थियो । विशेषको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन भएको थियो ।

साहभान्त इलेक्ट्रिक कम्पनीसँग आधारभूत मापदण्ड विपरीत खरिद सम्झौता गरेको र ट्रान्सर्फमरमा प्रयोग भएको तार कवोल गरेभन्दा आधा क्षमताको मात्रै मेल खाने भएकाले बदनियत पूर्वक कम तौल र साइजका तामाको तार प्रयोग गरी भ्रष्टाचार गरेको अख्तियारले उल्लेख गरेको थियो ।