२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५९ वर्षे उमेर हद कायम गर्न खोजिएकोमा कर्मचारी युनियनले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले संघीय निजामती ऐन जारी भएकै आर्थिक वर्षमा उमेर हद कायम हुने गरी राष्ट्रिय सभाको विधायन व्यवस्था समितिमा भइरहेको छलफलप्रति आपत्ति जनाएको छ ।

५८ वर्षे उमेर हदका कारण अवकाशमा जाने हालका बहालवाला मुख्यसचिव र सचिवहरूको स्वार्थमा यसै वर्षदेखि ५९ वर्ष कायम हुने गरी लागू गर्न खोजिएकोमा युनियनले आपत्ति जनाएको हो ।

महासचिव जनकबहादुर रावलले विज्ञप्ति जारी गर्दै केही समूहको स्वार्थको लागि बहुसंख्यक कर्मचारीहरू पीडित हुने गरी कानून निर्माण नगर्न चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ-अवकाश हुने कर्मचारीहरूको उमेर हद तत्काल बढाउँदा यसका थुप्रै नकारात्मक असरहरू सेवाको बृतीप्रणाली र सेवा प्रवाहमा देखिन जान्छ । यो व्यवस्था लागु भएमा यसबर्ष कर्मचारीहरूको अवकाश नहुने हुँदा दरबन्दी रिक्त नहुने र लोकसेवा आयोगले खुला प्रतिस्पर्धा र बढुवाबाट कर्मचारी भर्ना गर्न नसक्ने अवस्थाको सिर्जना हुन्छ । यसबाट लामो समयदेखि लोकसेवा तयारी गरेका लाखौँ युवा र लामो समयदेखि सेवारत कर्मचारी बढुवा हुन नपाएर प्रभावित हुनेछन् ।

युनियनले निजामती विधेयक प्रतिनिधि सभाले पारित गरे बमोजिम नै हुनुपर्ने माग गरेको छ । प्रतिनिधि सभाले पारित गरेको विधेयकमा कानून बनेको अर्को आर्थिक वर्षमा ५९ वर्ष र त्यसपछि ६० वर्ष उमेर हद लागु हुने व्यवस्था छ ।