झापा । माटो निकाल्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
आइतवार कचनकवल-२ रतिबारीका ४६ वर्षीया उजारु राजवंशी माटो निकाल्न खनेको गहिरो खाल्डोमा डुबेर मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो ।







