काठमाडौँ । सोमबार सेयर बजार १२.०३ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २७६१.८६ अंकमा कायम भएको छ ।
कारोबार सुरु भएपछि ११ : ४१ बजे नेप्से २७४१ अंकसम्म झरेको थियो । जुन विन्दु आजका लागि न्यूनतम रह्यो । त्यसपछि सामान्य उतारचढावमा रहेको बजारले २ बजेपछि वृद्धिको लय समात्यो ।
कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब १० करोडको भयो । आज बैंकिङ सेक्टरले समग्र बजारलाई बढाएको छ ।







